"कृषि, पर्यटन र औद्योगिक क्रान्ति सहित सुन्दर, शान्त र सफा नगरको परिकल्पना

मधुवन नगरवासीको चाहना"

header AD

हाम्रो मिशन

हाम्रो मिशन

नेपालको लुम्बिनी प्रदेश  अन्तर्गत बर्दिया जिल्लामा पर्ने मधुवन नगरपालिका नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिकाहरू मध्ये एक नगरपालिका हो | साबिकका सानोश्री, ताराताल , सुर्यपटुवा र ढोढरी सहित ४ गा.बि.स.समाहित गरि यो नगरपालिकाको निर्माण भएको छ | यो नगरपालिका बर्दिया जिल्लाको सदरमुकाम गुलारियाबाट ६ कि.मि. दुरीमा पश्चिम दक्षिणमा अवस्थित छ र यस नगरपालिकाको पूर्वमा बारबर्दिया नगरपालिका ,पश्चिममा राजापुर नगरपालिका र छिमेकि मुलुक भारत , उत्तरमा बर्दिया राष्ट्रिय निकुन्ज र ठाकुरबाबा नगरपालिका र दक्षिणमा गुलारिया नगरपालिका र छिमेकि मुलुक भारत सँग सिमाना जोडिएको छ| यस नगरपालिकाको क्षेत्रफल १२९.७३ वर्ग कि.मि. रहेको छ  यो नगरपालिका अक्षांश २६० २१' उत्तर देखि २९० ७' उत्तर सम्म र देशान्तर ८०० २१' पूर्व देखि ८१० १०' पूर्व सम्म छ भने समुन्द्र सतहबाट उचाई १७५ मिटर रहेको छ | यस नगरपालिकामा ११२४३ घरधुरीमा कुल जनसंख्या ५८३४६ रहेको छ | हाल यस नगरपालिकामा  ९ वटा वडा रहेका छन् | मधुवन न.पा.को अधिकांश खेतीयोग्य जमिन समथर भएकोले माटोको बनावटमा धेरै समानता पाइन्छ | दोमट र चिम्टाईलो माटो पाईने यस न.पा.मा उर्बर भूमिको प्रचुरताले गर्दा कृषि उत्पादन भएको पाइन्छ |